ad ad

राजनीति


सत्ता गठबन्धनले आज साँखुमा चुनावी सभा गर्दै

सत्ता गठबन्धनले आज साँखुमा चुनावी सभा गर्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ८:३४, काठमाडौँ

सत्तारुढ गठबन्धनले आज काठमाडौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गरेको छ। 

साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभालाई कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ।

चरणको घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले जानकारी दिए। 

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाण्डौं–२ मा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .