ad ad

राजनीति


आलेलक्षित ओलीको भाषण– अन्तर्राष्ट्रिय बेइज्जत गरे, जमानत जफत गरेर पठाउनुस्

आलेलक्षित ओलीको भाषण– अन्तर्राष्ट्रिय बेइज्जत गरे, जमानत जफत गरेर पठाउनुस्

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १५:१५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेप्रति लक्षित गर्दै उनको भाषाले अन्तर्राष्ट्रिय बेइज्जत भएको बताए। साथै, उनले आगामी ४ मंसिरमा हुने आसन्न निर्वाचनमा आलेको जमानत जफत गरेर पठाउन समेत मतदातासमक्ष आग्रह गरेका छन्। 

डोटीको दिपायलमा शनिबार (२६ कात्तिक) भएको चुनावी सभालाई सम्बोधन गर्दै आलेको भाषणले अन्तर्राष्ट्रिय बेइज्जत भएको र उनलाई मन्त्रीबाट हटाउन ‘लुते’ नेताहरुले नसकेको पनि बताए। 

‘मैले आफैंले सही गरेर उम्मेदवारी दिएको व्यक्ति, डोटीको मात्र बेइज्जत होइन भाषा सुन्नुस्, डोटीको मात्र होइन सिंगै सभ्यताको, भाषा, संस्कृतिको बेइज्जत भयो नै नेपाली जातीको बेइज्जत अन्तर्राष्ट्रिय बेइज्जत भयो,’ ओलीले भने, ‘विश्वभरीबाट के हो यस्तो मन्त्रीको भाषण, मन्त्री राजीनामा गर्दैन उसलाई हटाउन लुते नेताहरु सक्दैनन्।’

उनले पुनः टपरी गाँसेको, विभिन्न खपटा जोडेर बनेको पार्टीबाट उम्मेदवार बनेर आएको बताए। 

‘त्यस्तो मान्छे फेरि एउटा कुनै खुद्रा दुना टपरी गाँसेको, विभिन्न खपटा जोडेर बनेको पार्टीबाट उम्मेदवार बनेर आएको छ भन्ने मलाई थाहा छ,’ ओलीले भने, ‘म डोटेली जनतालाई आग्रह गर्न चाहन्छु, त्यस्ता व्यक्तिहरु, देशको माया नगर्ने व्यक्तिहरु, आन्दोलनको मतलब नभएको व्यक्तिलाई मत दिनुहुँदैन्। जमानत जफत गरिदिनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .