राजनीति


ओलीलाई जनताले निर्वाचनमा दण्डित गर्छन् : ओनसरी

ओलीलाई जनताले निर्वाचनमा दण्डित गर्छन् : ओनसरी

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १७:४३, काठमाडौँ

पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छन्। 

काठमाडौं क्षेत्र नम्बर–२ अन्तर्गत शंकरापुर नगरपालिको नाङ्लेभारेमा शुक्रबार आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार घर्तीले संविधान र व्यवस्था मास्न उद्धत ओलीलाई मत दिए देश र जनताले दुःख पाउने उल्लेख गरिन्।

०७४ को निर्वाचनमा पाँच वर्षका लागि जनताले म्याण्डेड दिए पनि सरकार चलाउन असफल भएर दुईपटकसम्म असंवैधानिक ढंगले प्रतिनिधिसभा भंग गरेका ओलीले फेरि जनतामा गएर बहुमत माग्नु अनैतिक भएको आरोप उनको थियो।

‘केपी ओलीले बहुमतको सरकार चलाउन नसकेर पाँच वर्षका लागि जनताले दिएको जनादेशलाई लत्याउँदै दुईपटकसम्म संसद विघटन गर्नुभयो’, उनले भनिन्, ‘मैले सुनेको छु केपी ओलीले आफ्नो दलको बहुमत आउँछ भन्दै हिँड्नुभएको छ रे। जनताले पाँच वर्षका लागि दिएको म्याण्डेट तोडेर पार्टी फुटाउनुभयो, संसद विघटन गर्नुभयो। अब जनताले उहाँलाई अभिमत होइन सजाय दिनुपर्छ। ओलीजी मंसिर ४ मा जनताले दिने सजाय भोग्न तयार भएर बसे हुन्छ।’ 

उनले ओलीको प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई मत दिन मतदातालाई अपिल गरिन्। ओलीको प्रतिगमनले जिजे जनताले दुःख पाउँछ र देशमा अव्यवस्था पैदा हुने आरोप उनले लगाइन्। ओलीले संविधान र लोकतन्त्र तथा जनमतमाथि प्रहार गरेकाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धि दिलाउन बाध्य भएर लोकतान्त्रिक–वाम गठबन्धन निर्माण गरेको उनको तर्क थियो। 

घर्तीले मुलुकले स्थिर सरकारसहित शान्ति र विकास चाहेको र त्यो आफूहरुको गठबन्धनले मात्र दिन सक्ने दाबी गरिन्। 

गठबन्धनले शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका एजेण्डा लिएर मत माग्न आएको बताइन्। 

फरक प्रसंगमा उनले आफू रोल्पामा जन्मिएको भन्दै जनताको सेवा जहाँ गएर पनि गर्न सकिने र गर्न पाउनुपर्ने उल्लेख गरिन्।

सभामुख हुँदा नैतिकता बचाएर सफलतापूर्वक काम गरेको भन्दै उनले आफूलाई मौका दिए काठमाडौं–२ को जिम्मा लिन तयार रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad