बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा आजबाट मत माग्ने भएकी छिन्। उनले आज (२५ कात्तिक) ३ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएकी छिन्।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका कास्कीको पोखरा, स्याङ्जाको वालिङ र काठमाडौंको बसन्तपुरमा हुने सभालाई सम्बोधन गर्दै छिन्।
तीन वटै चुनावी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताएका छन्।
अभिनेत्री मनिषा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन्। २०६२ असार ३१ मा राजा ज्ञानेन्द्रले तत्कालीन मन्त्रिपरिषद् खारेज गरी सत्ता हातमा लिएपछि प्रकाश वातावरण, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए।
राजाको प्रत्यक्ष शासनमा सहयोगी भएर मन्त्रिपरिषदमा सहभागी भएपछि कांग्रेसले उनलाई पार्टीबाट निस्कासित गरेको थियो।
Shares

प्रतिक्रिया