ad ad

राजनीति


‘एमसीसी विधेयक जस्ताको तस्तै पारित भए नेपालमाथि अमेरिकी नियन्त्रण’

‘एमसीसी विधेयक जस्ताको तस्तै पारित भए नेपालमाथि अमेरिकी नियन्त्रण’

नेपालखबर
पुस २, २०७६ बुधबार १४:५०,

नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी विधेयक पारित गर्नुअघि पार्टीले औपचारिक निर्णय गर्नुपर्ने बताएका छन्।

स्थायी समितिको बुधबारको बैठकमा आफ्नो धारणा राख्दै उनले एमसीसी विधेयकबारे पहिले पार्टीले निर्णय गरेर मात्रै प्रक्रियाअघि बढाउनुपर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद अधिवेशनबाट एमसीसी विधेयक पारित गर्ने बताइरहेका बेला नेकपाकै नेता पोखरेल भने त्यसलाई जस्ताको त्यस्तै पारित गर्नु नहुने बताए हुन्।

नेपालखबरसँग कुरा गर्दे उनले भने, ‘नेपालको अस्मितामाथि नेगेटिभ असर पर्ने विधेयक पारित गर्नुहुन्न।’ विधेयक जस्ताको तस्तै पारित गरे नेपालमाथि अमेरिकाको नियन्त्रण कायम रहन्छ।’ उनले इन्डो प्यासिफिक रणनीतिको नेपाल साझेदार बन्न नहुने बताए। इन्डो प्यासिफिक रणनीतिले नेपालको संविधानलाई नै खतरामा पार्ने पोखरेलले चेतावनी दिए। उनले भने, ‘नेपालको मूल कानुनका कतिपय प्रावधान बदल्नेगरी आएको हुनाले यसमा सहभागी बन्दा समस्या पर्छ।’

उनले अमेरिकाको रणनीतिसँग सम्झौता गर्दा भारतको सहमति लिनुपर्ने किन यति डरलाग्दा सर्त छन् भनेर पनि प्रश्न गरे। २० मिनेट आफ्नो धारणा राखेका पोखरेलले नेपालको स्वाभिमानको निम्ति घाटा रहेको पनि बताए।

नेता पोखरेलले अमेरिकाको इन्डो रणनीतिमा नेपाल सहभागी हुनेहो भने सर्तनामा हुनु नहुने र हाम्रो स्वाभिमानलाई असर गर्ने सर्तनामा तेस्र्याउन आवश्यक नरहेको धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .