नेकपा एमाले, काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी भएका कामहरु नयाँ कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन्। मतदाताको माया र अपूरो योजना पूरा गर्ने चाहना अनुसार आफू यो पटक फेरि निर्वाचनमा लड्न लागेको उनले बताए।
‘केही अधुरा काम गर्न बाँकी छन्, नयाँ कार्यकालमा पूरा गर्नेछु,’ श्रेष्ठले भने। बुधबार मतदातासँग श्रेष्ठले भने, ‘म मेरो क्षेत्रको मतदाताको लागि सधैँ खटिरहेको छु। खटिने वाचा गर्दछु।’
उनले आफूले दर्जनौं योजना तयार गरेको र त्यसलाई पूरा गर्ने पनि बताए। ‘अझै दर्जनौं योजना तयार गरेको छु, तपाईंको मतले सबै योजना पूरा हुनेछन्।’ श्रेष्ठले भने। घरदैलो कार्यक्रममा मतदाताले आफूलाई विश्वास रहेको बताएको भन्दै उनले आफ्नो जित निश्चित भएको पनि दाबी गरे।
Shares

प्रतिक्रिया