राजनीति


प्रचण्डको जिकिर : केपी ओली कायर रहेछन्, चुच्चे नक्सा उनले बनाएको होइन

प्रचण्डको जिकिर : केपी ओली कायर रहेछन्, चुच्चे नक्सा उनले बनाएको होइन

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १४:३४, काठमाडौँ

नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले मिचेको नेपालको पश्चिमतर्फको भूमि समेटेर बनाइएको चुच्चे नक्सामा नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको हक नलाग्ने बताएका छन्। 

दार्चुलाको गोकुलेश्वरमाा बुधबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'केपी ‌ओलीले बनाएको होइन चुच्चे नक्सा। मसहित नेकपाको बहुमतले यो नक्सा बनाएको हो', उनले भने, 'नक्सा बनाएपछि उनले भारतसँग आत्मसमर्पण गरे। यसले बैधानिक प्राप्त गरेको हाम्रा बलले हो।'

दाहालले नक्सा जारी गरेपछि भूमि फिर्ताका लागि दबाब दिनु भन्दा ओली कायर निस्किएको दाबी गरे। 

'यो नक्सा पास गरेर मात्रै हुँदैन भारतसँग कूटनीतिक दबाब दिनु भनेका थियौँ', उनले भने, 'तर केपी ओली कायर रहेछन्।'

संसद विघटनसहितका गल्ती नस्वीकारी अहिले ओली गोहीको आँसु चुहाउँदै भोट माग्न हिँडेको उनले बताए।  

'अब चुनाव आएको छ, ओली माफी नमागी भोट माग्दै हिँडेका छन्', उनले भने, 'ओलीको त्यो गोहीको आँसु हो है, सक्कली आँसु होइन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad