राजनीति


नेताहरुको सुदूरपश्चिम दौडाहा : फेरि आउँदै ओली, तीन आमसभामा सम्बोधन गर्ने

नेताहरुको सुदूरपश्चिम दौडाहा : फेरि आउँदै ओली, तीन आमसभामा सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १४:२७, कञ्चनपुर

प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकएसँगै शीर्ष नेताहरु चुनावी आसभालाई सम्बोधन गर्न देश दौडाहामा छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको १८ गते दार्चुलाबाट चुनावी सभाको उद्घाटन गरेका थिए। सोही दिन उनले बैतडी र कञ्चनपुरका आमसभालाई पनि सम्बोधन गरेका थिए।

ओली कार्तिक २६ गते पुनः सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ। 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार त्यस दिन ओलीले तीन आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले कात्तिक २६ गते डोटीको दीपायलमा हुने आमसभा, सोही दिन २ बजे कैलालीको अत्तरिया र ४ बजे लम्कीको आमसभालाई सम्बोधन गर्ने छन्।

नेकपा एमाले र सत्तारुढ गठबन्धनका शीर्ष नेता सुदूरपश्चिम केन्द्रीत भएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म गृहजिल्ला डडेल्धुराका विभिन्न ठाउँमा भएका चुनावी आमसभालाई सम्बोधन गरेका थिए।

अहिले प्रधानमन्त्री देउवा कैलालीको धनगढीस्थित आफ्नै निजी निवासमा बसिरहेका छन्। यतैबाट बुधवार दार्चुला र बैतडीमा हुने आमसभालाई सम्बोधन गर्न देउवा त्यतातर्फ जाने कार्यक्रम छ। 

त्यही आमसभालाई सम्बोधन गर्न सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि आउँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .