काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले जरिवाना गरेको छ। वडाध्यक्ष रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ।
रिजालले निर्वाचन आचारसंहिता विपरित काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचार प्रसारमा संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गरेको हो।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो।
रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ।
54
Shares
प्रतिक्रिया