आफूमाथि महाअभियोग प्रक्रिया चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेतृ न्यान्सी पेलोसीलाई ६ पृष्ठ लामो पत्र पठाउँदै ‘अमेरिकी लोकतन्त्रमाथि खुला युद्ध’ सुरु गरेको आरोप लगाएका छन्।
‘तपाईंहरुले यो अत्यन्त नराम्रो शब्द महाअभियोगको महत्वलाई सस्तो बनाउनुभएको छ,’ ट्रम्पले लेखेका छन्।
बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा उनको महाभियोग प्रस्तावमा मतदान हुँदैछ।
त्यहाँ यो प्रस्ताव पारित भए सिनेटमा महाभियोग सुनुवाइ हुनेछ। एजेन्सी

प्रतिक्रिया