नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन्।
बिहीवार काठमाडौंमा भएको गोरखाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकाा हु्न्।
उनले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउनेगरी काम गर्न आवश्यक रहेको बताए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु रहेको बताए।
उनले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिनसकिने बताए।
श्रेष्ठले अहिलेको सत्ता गबठन्धनले आफूलाई जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए।
गठबन्धनको यो कार्यभार पूरा गर्ने अवसर गोरखाबाट चुनिने उम्मेदवारहरुका लागि रहेको बताए। उनले धेरै भन्दा धेरै मत ल्याएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पनि आग्रह गरे।
‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर यसलाई सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई आफ्नो काखमा, आफ्नो पोल्टामा के प्राप्त गर्यो भन्ने खोज्दा त्यसको प्रत्यक्ष अनुभुति दिएर उसको जीवन फेर्नेगरी काम गर्नुपर्ने आवश्यकता छ', उनले भने, 'यसबीचमा राजनीतिक परिवर्तनलाई नै हामीले जोगाउन संघर्ष गर्नुपरेको थियो। समृद्धिको दिशामा पनि हामीले केही मात्रात्मक कामहरु गरेका छौँ, तर नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न सकिएको छैन। आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु नै हो।'
Shares

प्रतिक्रिया