ad ad

राजनीति


आम निर्वाचन : राजनीतिक दलले आजबाट चुनावी प्रचार गर्न पाउने, शीर्ष नेताको दौडधुप सुरू

देउवाले प्रयोग गर्ने हेलिकोप्टरको खर्च कांग्रेसले ब्यहोर्ने
आम निर्वाचन : राजनीतिक दलले आजबाट चुनावी प्रचार गर्न पाउने, शीर्ष नेताको दौडधुप सुरू

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ७:३६, काठमाडौँ

राजनीतिक दलहरूले आजबाट आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजबाट प्रचार प्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। 

आयोगका अनुसार दलहरुले आजबाट मंसिर १ गतेसम्म प्रचार गर्न पाउनेछन्। त्यस्तै, संचारमाध्यममा पनि निर्वाचनसम्बन्धी प्रकाशन तथा प्रसारण गर्न पाउने आयोगले बताएको छ। 

चुनावी प्रचारका लागि दलका शीर्ष नेताहरु निर्वाचन क्षेत्रतर्फ लागिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार दिउँसो नै धनगढी पुगिसकेका छन्। उनी आज आफ्नाे निर्वाचन क्षेत्र डडेल्धुरा जाँदैछन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (शुक्रबार) सुदूरपश्चिम जाँदैछन्। ओलीले कार्तिक १८ गते दार्चुलाबाट चुनावी राष्ट्रव्यापी अभियान सुरु गर्ने कार्यक्रम यसअघि तय भएको थियो। 

दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव पाठकले बताए।

उनका अनुसार दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने छन्।

देउवाले प्रयोग गर्ने हेलिकोप्टरको खर्च कांग्रेसले ब्यहोर्ने

देउवाले चढ्न प्रयोग गरिरहेको नेपाली सेनाको हेलिकोप्टरको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ। 

सत्तारुढ गठबन्धनको चुनावी अभियानमा प्रयोग गरेको हेलिकोप्टरको खर्चबारे निर्वाचन आयोगले चासो दिएपछि भाडा कांग्रेसले ब्यहोर्ने भएको हो। 

निर्वाचन आयोगले बुधबार मात्रै चुनावी अभियानमा जाँदा सरकारी सवारी साधन र स्रोत साधान प्रयोगमा निषेध गरेको छ। आयोगले चुनावी प्रचारमा सरकारी स्रोत प्रयोग निषेध गरेको अवस्थामा देउवाले चढ्ने सेनाको हेलिकोप्टरको भाडा पार्टीले तिर्ने भएको हो।

राष्ट्रपति र प्रधानमन्त्रीसहितका उच्च सरकारी अधिकारीलाई सुरक्षा निकायले निजी हेलिकोप्टरमा यात्रा अनुमति नदिने भएकाले यस्तो विकल्प रोजिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .