नेकपा एमालेले नेपालमा देखिएको नागरिकताको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने बताएको छ।
आगामी मंसिर ४ को चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमालेले यो वाचा गरेको हो।
एमालेले अहिले देशमा देखिएको नागरिकताको समस्या आफ्नो नेतृत्वमा सरकार बनेको एक महिनाभित्रै समाधान थाल्ने जनाएको छ।
'नेपालीलाई मात्र हाम्रा काम हुनेछन्। राष्ट्रिय गौरव बढाउन र सबै नागरिककको जीवनस्तर उकास्न लागिनेछ', घोषणा पत्र भनिएको छ, 'सरकार गठन भएको एक महिनाभित्र वंशजको नागरिकता दिइनेछ। दुई वर्षभित्र नागरिकता समस्या समाधान गर्ने छौँ। सरकार बनेको एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ।'
57
Shares
प्रतिक्रिया