नेकपा एमालेले सबै पालिकामा खाद्य भण्डार स्थापना गर्ने घोषणा गरेको छ।
आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै सातै प्रदेशमा खाद्य गुणस्तरमा मापन तथा निर्धारण प्रयोगशाला स्थपना गर्ने बताएको छ।
खाने बानीमा परिवर्तन गरी ५ वर्षमा ५ लाख परिवारलाई खाद्य सुरक्षा दिइने उल्लेख गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष ३ लाख परिवारलाई रोजगारी दिइने उल्लेख छ।
कुनै पनि नागरिक सडकमा बस्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।
जनता आवास तथा सुरक्षित आवास कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ।
असुरक्षित बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने उल्लेख रहेको छ।
39
Shares
प्रतिक्रिया