राजनीति


एमालेको घोषणापत्र भोलि, ओली र सहभागीबीच 'लाइभ डिबेट' हुने

एमालेको घोषणापत्र भोलि, ओली र सहभागीबीच 'लाइभ डिबेट' हुने

घोषणपत्र तयारीमा खटिएका ओलीसहितका नेताहरु। तस्बिर : ओलीको सचिवालय


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १८:२५, काठमाडौँ

नेकपा एमालेले आगामी मंसिर ४ को चुनावलाई लक्षित गरेर तयार गरिएको घोषणा पत्र मंगलबार सार्वजनिक गर्ने भएको छ।

पार्टी केन्द्रीय सदस्य एवम् प्रचार र तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले होटल याक एण्ड यतिमा दिउँसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको बताएका छन्। 

रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण नयाँ ढंगले गरिनेछ। घोषणापत्र सार्वजनिक कार्यक्रममै सहभागीहरुले अध्यक्ष ओलीसँग 'लाइभ डिबेट' पनि गर्न पाउने भएका छन्। 

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल समाजवादी पार्टीले चुनावलक्षित घोषणा पत्र ल्याइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .