ग्लोबल


हलोविन भागदौड : मृतकको संख्या १५४ पुग्यो, घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर

हलोविन भागदौड : मृतकको संख्या १५४ पुग्यो, घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १८:२६, सोल

भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिबार राति यहाँ भागदौड मच्चिँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन्।  घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयका अनुसार उक्त घटनामा २६ जना विदेशीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। कोरियाली सरकारले शनिबारसम्म साताव्यापी राष्ट्रिय शोक घोषणा गरेको छ। राष्ट्रपति युन सुक येओले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

यसैबीच, कोरियाली प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ। प्रहरीको एक सय ६१ सदस्यीय कार्यदल बनाएर अनुसन्धान थालिएको गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ।

विशेषज्ञसहितको प्रहरी टोलीले भागदौड मच्चिएको स्थानमा जडित क्यामराले खिचेका दृश्य र सामाजिक सञ्जलामा सम्प्रेषण गरिएका भिडिओलाई विश्लेषण गरेर घटनाको छानबिन प्रारम्भ गरेको हो।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्थासहितको प्रणाली विकास गरिने प्रधानमन्त्री हान डकसुकले बताएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad