राजनीति


निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न हुँदैन : प्रदीप पौडेल

निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न हुँदैन : प्रदीप पौडेल

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १४:५८, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका छन्।  

काठमाडौं महानगरपालिका वडा नम्बर ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रियामा उनले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका हुन्। 

‘निर्वाचनबाट निष्ठा हार्नु हुँदैन। निर्वाचनबाट इमान्दारिता हार्नु हुँदैन,’ नेता पौडेलले भने, ‘त्यो कुरामा मतदाताले गम्भीर ढंगले सोचिदिन पर्छ।’
काठमाडौं–५ देशकै सबैभन्दा विवेकी मतदाता भएको ठाउँ भएको जिकिर गर्दै नेता पौडेलले विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् भनेर यो देशले हेरिरहेको बताए।  

‘काठमाडौं–५ यो देशको सबैभन्दा विवेकी मतदाता भएको ठाउँ हो। यहाँ राज्यको उच्च तहमा गएर, प्रशासनको उच तहमा गएर देशको सेवा गरेर निवृत्त हुनुभएका आदरणिय व्यक्तित्वहरु, अनुभव संगालेर जीवन भरी देश र समाजका लागि काम गर्नुभएका आदरणीय अग्रहहरु थुप्रै हुनुहुन्छ,’ उनले भने, ‘त्यो समाजको प्रतिनिधि कस्तो हुन्छ? ती विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन्? यो देशले हेरिरहेको छ।’

काठमाडौं–५ बाट हुने आफ्नो जीतको श्रेय पार्टी र गठबन्धनमा रहेका अन्य दललाई जाने भन्दै जितेर गएपछि पार्टीलाई अलोकप्रिय हुन बनाउने काम आफूले नगर्ने प्रतिवद्धता दोहोर्याए। 

‘मैले जित्यो भने पार्टीका साथीहरु। गठबन्धनका साथीहरुका कारणले जित्ने हो,’ पौडेलले भने, ‘जीतेपछि पार्टीलाई अलोकप्रिय बनाउने काम मैले गर्ने छैन।’  

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad