ad ad

राजनीति


घोषणापत्र मनगढेन्ते होइन, यथार्थपरक छ : डा. स्वर्णिम वाग्ले

घोषणापत्र मनगढेन्ते होइन, यथार्थपरक छ : डा. स्वर्णिम वाग्ले

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १३:४८, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन्। 

शनिबार शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र ल्याइएको बताए।

‘घोषणापत्रमा मनगढन्ते कुराहरु राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपालि असाध्यै यथार्थपरक कुराहरु मात्रै राखेका छौँ। वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ। दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखेका छौँ। स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरु यहाँ ल्याएका छैनौँ,’ वाग्लेले भने।

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु  राखिएको बताए। उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि बताए।

नेता वाग्लेले घोषाणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिव अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारहरु समावेश गरेको उल्लेख गरे। ‘युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएका छौँ। डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय भनेर हामीले वार्षिक करिव अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारका कुराहरु समावेश गरेका छौँ।’ वाग्लेले भने।

नेता वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रुपमा ५ वटा विषयहरु समावेश गरेको बताए। 

उनले वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पु¥याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताए। ‘हामीले तात्कालिक आर्थिक एजेण्डा भनेर ५ वटा विषयमा बोलेका छौँ। एउटा आायतको विषय। वाह्य असन्तुलनको विषय। कर्जा र तरलताको विषय। चर्कंदै गएको मुद्रास्फिर्तिको विषयमा पनि समाधान गर्न ६ महिनादेखि १ वर्षसम्ममा सम्बोधन गर्नेछौँ,’ उनले भने, ‘सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवद्र्धन र युवाहरुलाई विशेष चासो रहेको विषय डिजिटलाइजेशनको विषय तत्कालै नयाँ कुरा ल्याउने छौँ। रोजगारी र सीप, स्वच्छ उर्जाको क्षेत्रिय खपत तत्कालिक आर्थिक एजेण्डामा राखेका छाँै। सबै जोखिमपूर्ण चरणमा राज्यको भरथेग हुने हुने अवधारणालाई हामीले गर्भावस्था र मातृत्व बाल पोषणा, शिक्षा, स्वास्थ्य सीपदेखि वृद्धावस्था कभर गरेर वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पु¥याउने र मृत्युसंस्कारसम्म पनि कोखदेखि शोकसम्म अवधारणालाई अझ स्पेसीफिक भएर यसपालि लिएर आएका छौँ।’ वाग्लेले भने।

नेता वाग्लेले सत्ता स्वार्थका आधारमा बनेको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक शक्ति संघर्षको कारण विघटन भएको र नेकपा एमालेले संवैधानिक रुपमा राज्य सञ्चालन गर्न असफल भएको दाबी संकल्पमा रहेको बताए।

सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय समावेश गरिएको छ। ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ। यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पु¥याउने योजना छन् । प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने काँग्रेसको घोषणापत्रमा समावेश छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .