नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता बलियो बनाउन पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताउनुपर्ने बताएका छन्।
झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि शुक्रबार भोट माग्दै ओलीले यस्तो बताएका हुन्।
उनले एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने भन्दै असन्तुष्ट कार्यकर्तालाई फकाउने प्रयास गरे।
लिङ्देनलाई भोट माग्दै ओलीले भने : बहुमत ल्याए पनि एमालेले जसपा र राप्रपासँग मिलेर सरकार बनाउँछ
'पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई हामीले जिताउनुपर्छ', उनले भने, 'हाम्रो पार्टीका सबै कार्यकर्ता र शुभचिन्तकले भोट हाले मात्रै लिङ्देनले जित्छन्।'
उनले लिङ्देनलाई भोट हालेर जिताउन भन्दै नेता कार्यकर्तालाई उर्दीको भाषा नै प्रयोग गरेका छन्।
'हलोलाई पनि भोट हाल्नुपर्छ नत्र देशद्रोही नेतृत्वमा आउँछन्', उनले भने, 'देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ। मुख्य कुरा सत्ता गठबन्धनलाई हराउने हो।’
Shares

प्रतिक्रिया