राजनीति


लिङ्देनलाई भोट माग्दै ओलीले भने : बहुमत ल्याए पनि एमालेले जसपा र राप्रपासँग मिलेर सरकार बनाउँछ

लिङ्देनलाई भोट माग्दै ओलीले भने : बहुमत ल्याए पनि एमालेले जसपा र राप्रपासँग मिलेर सरकार बनाउँछ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १७:२६, झापा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर सरकार बनाउने बताएका छन्। 

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि शुक्रबार भोट माग्दै ओलीले यस्तो बताएका हुन्।

उनले एमालेका साथमा रहेकाले आगामी निर्वाचनमा राष्ट्रिय पार्टीको हैसियत बनाएर सरकारमा सामेल हुने पनि जिकिर गरे। 

सम्बोधनका क्रममा ओलीले माधव नेपालहरुले खोलेको नेकपा एकीकृत समाजवादी पार्टीको बिजोग हुने पनि बताएक छन्।

'माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तबिजोक हुन्छ', उनले भने ‘त्यो राष्ट्रिय पार्टी हुँदैन। कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस्।’

अध्यक्ष ओलीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने अवसर खेर फालेको बताए। 

‘लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन', उनले भने, 'एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन, त्यसैले भाग्यो। अब राष्ट्रिय पार्टी हुन सक्दैन।’

ओलीले अबको निर्वाचनमा एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए।

‘आगामी निर्वाचनबाट एमालेले बहुमत ल्याउँछ, यसलाई कसैले रोक्न सक्दैन। तर, बहुमत आए पनि एमाले एक्लै सरकार चलाउँदैन', उनले भने, 'सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ। राप्रपा र जसपासहितको सरकार बन्छ। त्यसपछि राजेन्द्र लिङ्देनलाई यहाँको विकासबारे प्रश्न गर्नुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .