नेकपा एमालेले आफ्नो चुनाव चिह्न सूर्यबाट अन्य दलका नेताहरुलाई चुनाव लड्न दिएकोबारेमा प्रश्न उठ्ने क्रम रोकिएको छैन।
पार्टीमा प्रवेश नगरेका अन्य दलका नेतालाई पनि संसदीय चुनाव लड्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न दिएपछि उठेका प्रश्न अझै साम्य नभएका हुन्।
खासगरी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, जनता प्रगतिशीलका अध्यक्ष हृदयश त्रिपाठी र परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सूर्य चिह्न दिएपछि कार्यकर्ताले पनि प्रश्न उठाइरहेका छन्।
पछिल्लो पटक अछाम १ मा संसदको टिकट खोसिएका नेता डा. भीमबहादुर रावलले पनि एमालेको चिह्नबाट अन्य दलका नेता चुनाव लडिरहेकोबारेमा प्रश्न उठाएका छन्।
उनले अन्य दलका अध्यक्ष रहेका त्रिपाठी, थापा र ढकाललाई ओलीले सूर्य चिह्न दिएर चुनाव लडाउनु कानुनी हिसावमा पनि गैरकानुनी हुने बताएका छन्।
थापा मकवानपुर १ बाट सूर्य चिह्न लिएर प्रतिनिधिसभामा उठेका छन्। उता त्रिपाठी नवलपरासी पश्चिममा सूर्य चिह्नबाटै चुनावी मैदानमा छन्। परिवार दलका अध्यक्ष ढकाल सूर्य चिह्नबाटै समानुपातिक उम्मेदवार बनेका छन्।
'चुनाव स्वच्छ,मर्यादित र कानूनसम्मत हुनैपर्छ।अलग पार्टीका प्रमुख कमल थापा, हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेका छन्', उनले भनेका छन्, 'के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ? कानुन र लोकतान्त्रिक मान्यता के हो?'
चुनाव स्वच्छ,मर्यादित र कानूनसम्मत हुनैपर्छ।अलग पार्टीका प्रमुख कमल थापा,हृदयश त्रिपाठी र एकनाथ ढकालले आफ्ना उम्मेदवारका पत्रमा सही गर्नुका साथै एमालेको उम्मेदवार बनेका छन्।के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न मिल्छ?कानून र लोकतान्त्रिक मान्यता के हाे?
— Bhim Rawal, PhD (@BhimRawal179) October 28, 2022
Shares
प्रतिक्रिया