राजनीति


भ्रातृसंस्थामा सभापति नपाए समानान्तर समिति खडा गर्ने पौडेल समूहको तयारी

भ्रातृसंस्थामा सभापति नपाए समानान्तर समिति खडा गर्ने पौडेल समूहको तयारी

नेपालखबर
पुस १, २०७६ मंगलबार ८:५,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भ्रातृसंस्था तरुण दल र नेपाल विद्यार्थी (नेवि) संघमा आफूपक्षीय रणनीति बनाउन विशेष भेला राखेका छन्।

सभापति शेरबहादुर देउवाले कार्यकाल सकिएका यी दुई संस्थाको म्याद थप गर्ने गृहकार्य गरिरहेका बेला पौडेल समूहले छुट्टाछुट्टै स्थानमा तरुणदल र नेविसंघको विशेष भेला राखेको कांग्रेसका एक केन्द्रीय सदस्यले नेपालखबरलाई जानकारी दिए।

नेविसंघको भेला साढे १ बजेदेखि मध्यबानेश्वरमा रहेको एक रेष्टुरेन्टमा राखिएको छ भने तरुण दलको भेला महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा राखिएको तरुणदलका एक निवर्तमान पदाधिकारीले बताए।

नेवि संघको विशेष भेलामा कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशी, बद्रि पान्डे र कल्याण गुरुङले नेतृत्व तथा संयोजन गरिरहेका छन् भने तरुण दलको विशेष भेलामा भने पौडेल स्वयं समेत उपस्थित हुने जनाइएको छ।

कोइराला निवासमा हुने भेला २ बजेदेखि सुरुवात गर्ने कार्यक्रम रहेको भेला आयोजनाका लागि क्रियाशिल एक नेताले जनाए।

भेलामा आगामी दिन कसरी अगाडी बढ्ने भन्ने आन्तरिक रणनीति तय गर्नुका साथै सभापति देउवासँग कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गरिनेछ। बुधबार केन्द्रिय कार्यसमिति बैठक बस्नुअघि सो रणनीति तय गर्न खोजिएको हो।

भ्रातृ संस्थाहरुको म्याद थप गरेपछि पौडेल समूहलाई कम्तिमा कुनै एकको सभापति दिनुपर्ने उनीहरुको अडान छ।

यदि तरुण वा नेविसंघमध्ये कुनै एकको सभापति नदिए समानान्तर समिति बनाएर जाने विषयमा निर्णय लिने ती नेताले बताए।

भेलामा वरिष्ठ नेता पौडेल, पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad