राजनीति


एकैठाउँ जुटे अग्नि सापकोटा र मोहन बस्नेत, गठबन्धन बलियो बनाउने वाचा

एकैठाउँ जुटे अग्नि सापकोटा र मोहन बस्नेत, गठबन्धन बलियो बनाउने वाचा

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १९:४५, काठमाडौँ

सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतबीच कुनै बेला कडा प्रतिस्पर्धा र शत्रुतापूर्ण व्यवहार थियो।

तर कांग्रेस र माओवादीसहितको लोकतान्त्रिक-वाम गठबन्धन बनेपछि अहिले उनीहरु एकै ठाउँ छन्। 

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका शेरबहादुर तामाङसँग प्रतिस्पर्धा गर्न लागेका बस्नेतले माओवादीको पनि भोट फकाउने गरी पूर्वसभामुख सापकोटालाई भेटेका हुन्।

सापकोटाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ छाडेपछि उनको स्थानमा माधव सापकोटाले टिकट पाएका छन्। त्यहाँ एमालेका सरेश नेपालले उनलाई चुनौती दिँदैछन्।

यस्तोमा यी दुईजना नेता भेट भएर गठबन्धनलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

सोमबार विहान लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवारहरुसहित काठमाडौंमा भएको छलफलमा सापकोटा र बस्नेतले यस्तो प्रतिवद्धता जनाए। 

नेताद्वयले राष्ट्रिय आवश्यकताले  देशभर गठबन्धन बनेको चर्चा गर्दै यसलाई सबैले इमान्दार भएर पालना गर्नुको विकल्प नभएको बताए। 


त्यसअघि सापकोटा र बस्नेतबीच एक्ला एक्लै छलफल भएको थियो। 

लोकतान्त्रिक-वाम गठबन्धनले जिल्ला तहमा संयुक्त बैठक जारी राखेका बेला शीर्ष तहमा वार्ता भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad