नेकपा एमाले मोरङ जिल्ला कमिटीले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन पार्टी हितविपरीत काम गर्नेहरुलाई कारवाही गरेको छ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र स्थायी कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा असोज ३१ गते सम्पन्न बैठकले कारवाही निर्णय गरेको हो।
एमाले मोरङले पार्टी निणर्यविरुद्ध मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका योगेन्द्र मण्डल र त्यही क्षेत्रको प्रदेश १ तर्फ उम्मेदवार बनेकी वसन्ती यादवलाई पार्टी विधानको दफा ८० बमोजिम निष्कासन गर्ने निर्णय गरेको हो।
यस्तै एमालेका प्रदेश कमिटीका सदस्यहरु रामकुमार बस्नेत र राजकुमार बस्नेतले पार्टीविरुद्ध गतिविधि गरेपछि दिएको राजीनामासमेत प्राप्त भएकोले आवश्यक कारवाहीको लागि प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ।
यस्तै एमालेका जिल्ला सचिव रुपेश खतिवडालाई कारवाही नगर्नुपर्ने कारणसहितको जवाफ दिन १५ दिने अल्टिमेटम दिइएको छ।
उनले दिएको राजिनामा स्वीकृत गर्दै पार्टी विधानको दफा ८० को उपदफा १,२,३,४ बमोजिम तपाईँलाई अनुशासनको कारवाही किन गर्नु नपर्ने हो? भन्ने उपयुक्त र चित्तबुझ्दो जवाफ १५ दिनभित्र दिन भनिएको छ। अन्यथा पार्टी विधान बमोजिम स्वतःनिष्कासन हुने जनाइएको छ।
Shares

प्रतिक्रिया