ad ad

राजनीति


एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एमालेमा फर्किइन्

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एमालेमा फर्किइन्

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १४:३९, काठमाडौँ

पार्टी विभाजनका क्रममा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेकी एकजना नेतृ निर्मला थापा नेकपा एमालेमा फर्किएकी छन्। 

ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर निर्मला थापा आइतवार बालकोट पुगेर एमालेमा फर्किएकी हुन्। 

उनीसँगै समाजवादीकै बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा पनि एमालेमा प्रवेश गरेका छन्। 

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले पार्टीमा स्वागत गरे। उनीसहित समाजवादी र माओवादीका जिल्लास्तरीय नेताहरू पनि एमालेमा प्रवेश गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .