सत्तारुढ गठबन्धन दलका र्शीष नेताहरू वीरेन्द्रनगरमा पुगेका छन्। गठबन्धन दलले आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको चुनाव लक्षित संयुक्त भेलालाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सुर्खेत आएका हुन्।
वाम-लोकतान्त्रिक गठबन्धनले शनिबार प्रदेश १ को विराटनगर र मधेश प्रदेशमा संयुक्त भेला गरेको थियो। आइतबार बिहान सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा संयुक्त भेला सकेर नेताहरु सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका हुन्।
भेला वीरेन्द्रनगर नगरपालिमा रहेको शुभ होटलमा राखिएको छ। भेलामा कर्णाली प्रदेशका १० जिल्ला गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ३६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार समेत सहभागी हुने छन्।
प्रतिक्रिया