राजनीति


उपसभामुख तुम्बाहाङ्फेले विद्यालाई आज सपथ ग्रहरण गराउँदै

उपसभामुख तुम्बाहाङ्फेले विद्यालाई आज सपथ ग्रहरण गराउँदै

नेपालखबर
पुस १, २०७६ मंगलबार ३:४६,

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज (मंगलबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छिन्।

दिउँसो १ बजे उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

सपथ ग्रहण कार्यक्रम कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा राखिएको छ।

१४ मंसिरमा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

उनले कांग्रेसका खेमराज पौडेललाई पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९५ मत पाउँदा प्रतिद्वन्दी पौडेलले १५ हजार ९८६ मत पाएका थिए।

भ्टराई तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीकी पत्नी हुन्।

हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .