पार्टी विभाजनका क्रममा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका सिन्धुपाल्चोकका दुईजना युवा नेताहरु नेकपा एमालेमै फर्किएका छन्।
सिन्धुपाल्चोकमा एमालेका उम्मेदवारहरुको शनिबार भएको परिचयात्मक कार्यक्रमबाट युवा नेता एवम् निवर्तमान बागमती प्रदेश कमिटी सदस्य यज्ञ सापकोटा र अनेरास्ववियू केन्द्रीय कमिटी सचिव संगीता राना पुरानै पार्टीमा फर्किएका हुन्।
उनीहरुलाई एमाले नेताहरु अमृतकुमार बोहोरा र शेरबहादुर तामाङसहितले स्वागत गरेका छन्।
351
Shares

प्रतिक्रिया