राजनीति


प्रदीप पौडेलको चुनावी नाराः रुपान्तरणको आधार सुशासन र सदाचार अहँ! भ्रष्टाचार

प्रदीप पौडेलको चुनावी नाराः रुपान्तरणको आधार सुशासन र सदाचार अहँ! भ्रष्टाचार

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १०:५, काठमाडौँ

काठमाडौं ५ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रसका उम्मेद्वार प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गरेका छन्। पौेडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ!भ्रष्ट्राचार’ नामको नारा सार्वजनिक गरेका हुन्। 

पौडेलले निर्वाचन अभियानमा भ्रष्ट्रचार नियञ्त्रणलाइ मुख्य प्राथमिकता बनाएका छन्। सार्वजनिक नाराको अन्त्यमा ‘डिस्लाईक’ चिन्ह प्रयोग गरिएको छ। डिसलाइक चिन्हको अर्थ भ्रष्ट्रचारुलाई डिसलाइक भन्ने रहेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले मन नपराउने र अहिले सामाजिक सञ्जालको दुनियामा ईमोजी को प्रयोग बढी हुने हुँदा सामाजिक सञ्जालकै भाषामा डिसलाइक ईमोजि प्रयोग गरिएको हो। 

पौडेलले भ्रष्ट्रार नियञ्त्रणका लागि राज्यको कार्यकारी भूमिकामा रहेकाहरुको अख्तियारले सम्पत्ति छानविन गर्न पाउनुपर्ने समेत बताँउदै आएका छन्। ‘सुझबुझ सहितको निष्ठा, इमान्दारिता र जवाफदेहिताको राजनीतिले मात्रै सुशासनको ग्यारेन्टी गर्न सक्छ र देश र नागरिकका तमाम समस्याहरुलाई पार लगाउन सक्छ’ भन्ने तर्क पौडेलको छ । ‘मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक संकारको सकरात्मक रुपान्तरणकालागि सुशासन र सदाचार आधारभूत सर्त हो’ पौडेलले बताएका छन्। 

पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ‘बिसिडी’ मोडल अघि सारेका थिए। पौडेलको सचिवालयका अनुसार सोहि मोडल अन्र्र्तगत नारा सार्वजनिक गरिएको जनाएको छ। यस अन्तर्गत ‘सि’ अर्थात भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्रतिवद्धतालाई प्राथमिकतामा राखेका छन्। पौडेलका अनुसार ‘बी’ अर्थात ब्रेन ड्रेनको समस्या समाधान गरेर नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यबाट गराउन  नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्ने, ‘सी’ अर्थात करप्सन (भ्रष्टाचार) अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने र अन्तिम मोडल अर्थात ‘डी’ डेभलपमेन्ट (विकास) र यसको व्यवस्थापन गरी व्यवस्थित ढंगबाट कम खर्चमा धेरै उपलब्धिहरू हासिल गर्ने योजना हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .