विवेकशील साझा पार्टीले ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिज सिंहविरुद्धको मुद्दा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न उजुरीकर्तालाई आग्रह गरेको छ। विवेकशील साझाले शनिबार प्रेस विज्ञप्ति जारी गरेर यसमा विशेष पहल कदमी लिन सरकारसँग पनि आग्रह गरेको छ।
‘हामी उजुरीकता्र्रलाई मुद्दा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न र सरकारलाई विशेष पहल कदमी लिन आग्रह गर्दछौं,’ प्रवक्ता प्रकाशचन्द्र परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारले पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजीत हुन नदिइ सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्दा दायर गरेकाहरुलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण बनाउनुपर्नेमा विवकेशील साझाको जोड छ।
‘विवेकशील साझा पार्टी संवैधानिक रुपमा लिपीबद्ध अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदा प्रतिवद्ध रहेको छ,’ परियारले भनेका छन्, ‘हामी अभिव्यक्ति स्वतन्तन्त्रताको दुरुपयोग र अभिव्यक्ति स्वतन्त्रता सीमाहीन छ भन्ने पक्षमा भने कदापी छैनौँ।’
उनले मर्यादित अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि सचेत र जिम्मेवार हुँदै आफ्नो कला प्रस्तुत गर्न पाउने प्रत्याभूतिका लागि वातावरण बनाउन कलाकार, सरकार र सरोकारवालाहरुको विशेष ध्यानाकर्षण गराएका छन्।
Shares

प्रतिक्रिया