नेकपा एमालेको तर्फबाट काठमाडौं ६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू व्यक्तिगत जितका लागि नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताएका छन्।
नेकपा एमाले काठमाडौं ६, प्रदेश (ख) निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गरे।
शनिबार दियालो फुडल्यान्डमा भएको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव स्थापित उपस्थित थिए।
कार्यक्रममा प्रदेश सभा (ख) का एमाले उम्मेदवार अमनकुमार मास्केले विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
3
Shares
प्रतिक्रिया