राजनीति


मिलन पाण्डेको चुनावी घोषणापत्र सार्वजनिक, कृष्णगोपाललाई धन्यवादसहित विदा गर्ने उद्घोष

मिलन पाण्डेको चुनावी घोषणापत्र सार्वजनिक, कृष्णगोपाललाई धन्यवादसहित विदा गर्ने उद्घोष

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १४:५७, काठमाडौँ

काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। शनिबार स्युचाटारमा आयोजित कार्यक्रममा स्थानीयहरूसँग अन्तरक्रिया गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनले यसपालि मतदाताहरू परिवर्तनको पक्षमा रहेकाले ३१ वर्ष देखि स्थापित एउटै अनुहारलाई धन्यवाद सहित बिदा गर्नुपर्ने बताए।

विवेकशील साझा पार्टीका पूर्व संयोजक पाण्डेले पार्टी भित्र संविधानको पक्षमा उभिँदा तत्कालीन समयमा आफूमाथि भएको कारबाही फिर्ता नभएपछि विवेकशील अभियान अन्तर्गत साझा पार्टीको ुपाइलाु चिन्ह लिएर उठेको समेत बताए। सोही कार्यक्रममा विवेकशील अभियान र साझा पार्टी नेपालको तर्फबाट बागमती प्रदेश सभाको लागी २७ जना उम्मेद्वारहरुको तर्फबाट पनि प्रतिबद्धता सार्वजनिक गरिएको थियो। 

पाण्डेले आफू उम्मेदवारसँगै यही क्षेत्रको मतदाता समेत भएको हुनाले आफ्नो सांसदको रूपमा कृष्ण गोपाल श्रेष्ठले प्रतिनिधित्व गर्न नसकेको बताए। कोभिडको बेलामा केहि नगरेको र शिक्षा मन्त्री भएको बेलामा विद्यार्थीहरूलाई हौसला दिनु सट्टा ‘कोही छ माइकालाल?’ भन्ने असान्दर्भिक भाषण गरेर युवाहरूको अपेक्षालाई घात गरेको समेत बताए। पाण्डेले श्रेष्ठबाट संविधानलाई खतरा रहेको समेत बताए। श्रेष्ठले केपी ओलीले संसद् विघटन गर्दा खुलेर साथ दिएका थिए। 

पाण्डेले मतदाताहरूसँग आफूलाई सत्ता गठबन्धन र एमाले गठबन्धनलाई छोडेर भोट दिनुपर्ने ५ कारण बताए। उनले आफू इन्जिनियर भएको हुँदा विकासलाई वैज्ञानिक र परिणाममुखी तरिकाले बुझेको र आजको आवश्यकता विकास भएकोले आफूलाई अब्बल उम्मेदवारको रूपमा प्रस्तुत गरे। उनले आफू ३३ वर्षको युवा भएकोले अहिलेको नयाँ परिवर्तनलाई थप नजिकबाट बुझेको बताए। ‘गठबन्धन वा एमाले उम्मेदवार जित्दा संसद्मा केहि नयाँपन आउँदैन। एउटा इन्जिनियर युवा उठ्दा सांसदमै ताजापन आउँछ।’ कार्यक्रममा बोल्दै पाण्डेले भने।

पाण्डेले आफुले संसदमा पुगेर शिक्षा नीति र उद्यमशीलताको नीतिमा परिवर्तन गर्न नेतृत्व गर्ने बताए। काठमाडौं क्षेत्र न. ९ मा एमाले बाट कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला र मिलन पाण्डेको प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad