ad ad

राजनीति


कर्णालीका ३ सय मतदानस्थल अति संवेदनशील

कर्णालीका ३ सय मतदानस्थल अति संवेदनशील

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १३:२६, सुर्खेत (भेरीगङ्गा)

सुरक्षाका दृष्टिले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अति संवेदनशील मानिएका छन्।

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन्। जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी संवेदनशील मतदानस्थल कालीकोटमा छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन्।

त्यसमध्ये, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन्। जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन्। जसमध्ये, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका ३, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।

प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य छन्। कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपतका कारण अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताएका छन्। अबको केही दिनमै मतदानस्थलको अवस्थाबारे जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन्।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन्। कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ। यता निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा गर्नेगरी तयारी गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले बताएका छन्। 

समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अति संवेदनशील र संवेदनशील निर्वाचन केन्द्रका लागि सुरक्षा व्यवस्था मजबुत बनाइने बताए।

उनले भने, “सुर्खेतका सन्दर्भमा कुराकानी गर्दा सेनाबाहेक तीन हजारभन्दा धेरै प्रहरी निर्वाचनका लागि परिचालन हुँदैछन् । जिल्लामा निर्वाचनका बेला शान्तिसुरक्षा कायम गर्न हाम्रो तयारी तीव्र छ।” रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .