नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले सो कुरा बताएका हुन्।
महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए। ‘यो गठबन्धन हामीले नेपाली जनताले धेरै लामो संघर्षबाट प्राप्ति गरेका उपलब्धिको रक्षाका लागि बनाएका हौँ। खालि आज चुनावका लागि मात्रै होइन,’ भुसालले सम्बोधनको क्रममा भने, ‘जब नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधि सभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौँ।’
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको भुसालको भनाई छ। उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए ।
महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने पनि बताए। उनले चुनावको खेल धेरै
डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए ।
‘हामीले असफल पनि पारेका थियौँ। यो प्रश्न जनताको बीचमा स्पष्ट पार्नुपर्ने आवश्यक्ता छ। हामी गठबन्धन बनाएर संविधानको रक्षा गरेका
उनले फेरि मत बदर हुँदा आफूहरु चुनाव हार्नसक्ने बताए। ‘फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौँ। चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ। त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्नेकुरामा अत्यन्त सजग हुन जरुरी छ।’ उनले भने।
महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई सबै जनताले जिताउन आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया