ad ad

राजनीति


काठमाडौं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका सूर्यले गगनलाई समर्थन गर्ने

काठमाडौं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका सूर्यले गगनलाई समर्थन गर्ने

गगन थापा र सूर्य चन्द।


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ९:५३, काठमाडौँ

काठमाडौं क्षेत्र नं ४ मा संघीय संसदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका संचारकर्मी, तथा कलाकार सूर्य चन्दले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका छन्। क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवासँगको छलफलपछि आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र गगन थापालाइ सहयोग गर्ने निर्णय भएको चन्दले जानकारी दिए। 

उनका अनुसार आफूले उम्मेदवारी मनोनयन दर्ता नगरी गगन थापा जिताऔं’ अभियानमा लागेका छन्।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा यसअघि पनि काठमाडौं–४ बाट निर्वाचित भएका थिए। थापाले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार तिव्र बनाएका छन्। 

काठमाडौं क्षेत्र नं ४ को लागि जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने थापाको प्रतिवद्धताका कारण आफ्नो साथ रहेको चन्दले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .