राजनीति


१ लाख ७१ हजार सर्वसाधरणसँग आज प्रत्यक्ष टेलिफोन संवाद गर्दै ओली

१ लाख ७१ हजार सर्वसाधरणसँग आज प्रत्यक्ष टेलिफोन संवाद गर्दै ओली

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ७:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधरणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार प्रत्यक्ष टेलिफोन संवादका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम टिपाएका छन्।

बिहीबार दिउँसो १२ बजेसम्म ओलीसँग कुरा गर्न चाहनेहरुको नाम र नम्बर टिपाइएको थियो।

सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन्।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ओलीले सर्वसाधरणसँग संवाद गर्न लागेका हुन्।

‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ,’ ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भनेका छन्, ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad