ad ad

राजनीति


ओलीले ‘भाडाका बुद्धिजीवी’ भनेपछि कांग्रेसको आपत्ति

ओलीले ‘भाडाका बुद्धिजीवी’ भनेपछि कांग्रेसको आपत्ति

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १५:१०, काठमाडौँ

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति प्रति आपत्ति जनाएको छ। ओलीले कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएपछि समितिले आपत्ति जनाएको हो। 

‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ का प्रवक्ता सहमहामन्त्री जीवन परियारले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले अर्को पार्टीका जिम्मेवार व्यक्तिहरुलाई भाडाका बुद्धिजीवी भन्नु अल्पज्ञानको परकाष्टा भएको प्रतिक्रिया दिए।

‘एमालेको अध्यक्षजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्ति, पूर्वप्रधानमन्त्रीले कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलाई त्यस्तो आरोप लगाउनु भनेको अल्पदृष्टि र अल्पज्ञानको पराकाष्टा हो,’ उनले नेपालखबरसँग भने। 

एमाले अध्यक्ष ओलीले झापा–१ मा पर्ने धुलाबारीमा बुधबार प्रमुख सत्तारुढ कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएका थिए। 

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त कार्यकर्ता भेला सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसको घोषणापत्र नै भाडाका बुद्धिजीवीले लेखिदिएका हुन्। त्यही घोषणा पत्र उहाँहरुले नेपाली जनताबीचमा छर्नुहुनेछु। त्यो कुनै कांग्रेसको घोषणापत्र होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .