ad ad

राजनीति


एकीकृत समाजवादीको उपसचिवमा सञ्जेल

एकीकृत समाजवादीको उपसचिवमा सञ्जेल

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १५:७, काठमाडौँ

नेकपा ( एकीकृत समाजवादी ) को कार्यालय उपसचिवमा केदार सञ्जेल चयन भएका छन्।

 मंगलबार बसेको पार्टीको ४१ औं पूर्ण बैठकले संजेललाई पार्टीको कार्यालयको उप सचिवमा चयन गरेका हो। 

बिहीवार पार्टीको केन्द्रीय कार्यालयमा कार्यालयमा कार्यरत कर्मचारीहरु संगको बैठकमा पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरले उपसचिव सञ्जेललाई बधाइ तथा शुभकामना दिएका थिए। 

कार्यालयको जिम्मेवारी बहन गर्दै उपसचिव सञ्जेलले पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने भन्दै कार्यालय पार्टी र नेताहरुको समन्वय सहकार्य र सहअस्तित्वको आधारमा अगाडि बढ्ने प्रतिवद्धता जनाए।

संविधान सभा सदस्य सञ्जेल पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षसहित पार्टीको संगठन विभाग सदस्य लगायतका जिम्मेवारीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .