ad ad

राजनीति


प्रहरीलाई कारवाहीको पत्रसँगै माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

प्रहरीलाई कारवाहीको पत्रसँगै माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १५:२, काठमाडौँ

रौतहट क्षेत्र नम्बर १ मा दुई दिन विवादित अभिव्यक्ति दिएर आलोचनामा परेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि निर्वाचन आयोगले एकसाथ दुई कारवाही अघि बढाएको छ।

आयोगले बिहीबार उनीमाथि एकातिर कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ भने अर्कातिर २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ।

रौतहटमा चुनाव प्रचारका क्रममा उनले आश्वासन बाँड्दै ‘बिना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ’ भनेको भिडिओ भाइरल भइरहेको छ।

उक्त अभिव्यक्तिका कारण आलोचनाको केन्द्र बनेका नेपालले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

आरजुकै भाषामा के भनेका थिए माधवले?

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख भएको पनि नेपाललाई भनेको छ। 

उक्त व्यवस्थाको उल्लङ्घन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु १ (एक) लाख रुपैयाँसम्म जरिवाना र उक्त दफाको उपदफा (४) बमोजिम उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको आयोगले भनेकोछ।

'तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल प्रभाव पार्ने गरी फ्रि भिसा फ्रि टिकेटमा युवालाई विदेश पठाउने भनि अभिव्यक्ति दिने कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) को प्रतिकूल भई निर्वाचन आचारसंहिताको उल्लङ्घन हुन गएकोले तपाईंलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा (३) तथा उपदफा (४) बमोजिमको कारवाही किन गर्नु नपर्ने हो?', पत्रमा सोधिएको छ, 'यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उम्मेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा आफै उपस्थित भै वा आफ्न प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार जानकारी गराइन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .