संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए।
उनले नेपाल–चीनबीच कूटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यावसायिक सम्बन्ध विस्तार भएको बताए।
उनले जनस्तरमा भएको चीन–नेपाल सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरे। उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताए।
उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे।
‘चीनले उदाहरणीय परिवर्तनका काम गरेको छ, यो संसारका लागि नै उदाहरणीय विषय बनेको छ। चीनको जुन, उन्नति, प्रगति छ, चीनले गरेका विकास निर्माणका कुराहरु छन, त्यसले चीन–नेपालको सदियौँदेखिको सम्बन्ध विस्तार भएको छ’, उनले भने, ‘चीन नेपालको बीचमा कूटनीतिक सम्बन्धका कुराहरू, सरकारी स्तरका कुरा, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यावसायिक सम्बन्ध विस्तार भएका छन्। लुम्बिनीले पनि चीनलाई जोडेको छ। जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनेछ। चीनको
विकासले नेपाल पनि लाभान्वित हुनेछ।’
नेपालको विकासमा चीन सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वाधार विकास तथा भूकम्पबाट धेरै क्षति
भएका कुरामा चीनले सहयोग गरेको बताए।
‘हामी त्यो बेलामा अफ्ठ्यारो स्थितिमा थियौँ’, उनले भने, ‘त्यो अवस्थामा चीन सरकारले गरेको क्षतिग्रस्त सांस्कृतिक सम्पदालाई निर्माण गर्ने कुराहरूमा धेरै सहयोग गरेको छ।’
Shares
प्रतिक्रिया