राजनीति


सशस्त्र एआईजी दाहाललाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र एआईजी दाहाललाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १८:५०, काठमाडौँ

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका बंशीराज दाहाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच दाहाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन्।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउनुहुँदै बढुवासँगै थप भएको पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र कर्तव्य उल्लेखनीय रहने चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले–भने,  ‘संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad