राजनीति


आन्दोलनरत नेविसंघ र त्रिवि प्रशासनबीच सहमति

आन्दोलनरत नेविसंघ र त्रिवि प्रशासनबीच सहमति

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०७९ बुधबार १५:५९, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय र लामो समयदेखि आन्दोलित नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच सहमति भएको छ। 

विभिन्न शैक्षिक मुद्दा अघि सारेर आन्दोलन गर्दै आएको नेविसंघ र विश्वविद्यालय वार्ता समितिबीच बुधबार ८ बुँदे सहमति भएको हो। 

सहमतिअनुसार व्यवस्थापन संकाय बीबीएतर्फ गत असार २२ र २५ गते सञ्चालित परीक्षाका प्रश्नपत्रहरुमा देखिएको त्रुटिबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ। 

यस्तै मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्तिहरुमाथि कारवाही गरिने भएको छ। 

एमए तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र प्रथम सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयका प्रश्नपत्रहरु गत वर्षकै सालकै हुबहु दोहर्‍याएको र बीबीए छैटौँ सेमेस्टरको 'अर्गनाइजेसन विह्याभियर' विषयको बोर्ड परीक्षामा निजी कलेजको प्री–बोर्डको प्रश्नपत्र ल्याएर जस्ताको त्यस्तै सोधिएको तथा बीबीएका अन्य चार पेपरहरुमा त्रुटि देखिएको भन्दै नेविसंघले छानबिनसहित कारवाही माग गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad