राजनीति


प्रचण्डको ओलीलक्षित कटाक्ष : गोरुगाडावालाहरू सच्चिए भन्ठानेँ, तर षडयन्त्रमै रहेछन्

प्रचण्डको ओलीलक्षित कटाक्ष : गोरुगाडावालाहरू सच्चिए भन्ठानेँ, तर षडयन्त्रमै रहेछन्

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १४:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको गठबन्धन ऐतिहासिक सन्दर्भमा बनेको दाबी गरेका छन्।

ललितपुरमा आयोजित सत्ता गठबन्धनको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। उनले राजावादी र देशलाई विखण्डन गर्न चाहने प्रतिगमनकारीहरुको गठबन्धन आफूहरुको विरुद्धमा लागेको प्रचण्डले टिप्पणी गरे। 

‘ऐतिहासिक सन्दर्भमा यो गठबन्धन फेरि बन्न आएको छ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘गठबन्धन बनाउने कुरामा मुख्यतः नेपाली कांग्रेससँग नेकपा माओवादीको तर्फबाट सुरु भएको थियो।’

संविधान सभापछि समानुपातिक र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै ‘गोरुगाडा’वालाहरु अझै नसच्चिएको टिप्पणी गरे। 

‘हामीलाई संविधान सभा भएपछि, समावेशी समानुपातिक चरित्रको लोकतन्त्र स्थापना भएपछि हिजो गोरुगाडावाला सिद्धान्तवालाहरु सच्चिए होलान भन्ठान्यौं हामीले,’ प्रचण्डले भने, ‘तर त्यो सबै धोका र बेइमानी रहेछ भन्ने जतिबेला हामीले वाम गठबन्धन गर्यौं त्यतिबेला हामीले थाहा पायौं यो त षडयन्त्र पो रहेछ।’

उनले गठबन्धन चुनाव पछि पनि निरन्तर हुने दाबी गरे। 

विस्तृत शान्ति सम्झौता हुँदा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेकाहरु नै अहिले गठबन्धनमा एकजुट भएको प्रचण्डको भनाई छ। 

‘उनीहरुको चाहना नेपालमा फेरि सामन्तवादलाई नै स्थापित गर्ने रहेछ भन्ने देखेपछि हिजोका हामी १२ बुँदे पक्षधर एक भएका हौं,’ प्रचण्डले भने, ‘१२ बुँदेमा हस्ताक्षर गरेको एमालेबाट माधव नेपालले गरेको हो, कांग्रेसको तर्फबाट गिरिजा बाबुले र माओवादीको तर्फबाट मैले गरेको हुँ।’

उनले ओलीप्रति लक्षित गर्दै ‘गोरुगाडावालाहरु’ अहिले पनि प्रतिक्रान्तितिर देशलाई लान सक्रिय भएको दाबी गरे। ‘गोरुगाडावालाहरु गोरुगाडा चढेर कहीँ न कहीँ फेरि प्रतिक्रान्तितिर देशलाई लैजानेमा छन्।’

आगामी ४ मंसिरमा हुने आम निर्वाचनलाई सामान्य चुनाव नआँक्न प्रचण्डले आग्रह गरेका छन्। ‘यो सामान्य खालको चुनाव होइन्।’ प्रचण्डले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad