राजनीति


एमालेको भोट बैंक महिला हुन् : महेश बस्नेत

एमालेको भोट बैंक महिला हुन् : महेश बस्नेत

एमाले पाेलिटब्यूराे सदस्य महेश बस्नेत।


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १०:३९, काठमाडौँ

नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने दाबी गरेका छन्। 

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले सोमबार भक्तपुरको थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनिय रहेको बताए।

भक्तपुर क्षेत्र नम्बर २ का एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले महिला एमालेको भोट बैंक भएको समेत बताएका छन्। ‘एमालेका महिलाले हक अधिकारलाई स्थापना गर्न मात्र हैन, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको नेतृत्व समेत पुरुषले गरेको नेतृत्वभन्दा बढी सफल भएको हो,’ बस्नेतले भने, ‘एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ। त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन्। त्यसैले महिला एमालेको भोट बैंक हो।’

महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल भएको उल्लेख गर्दै बस्नेतले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको दाबी गरे। 

महिलाले न्यायीक फैसला गर्ने बताउँदै उनले सोही अनुसार आगामी निर्वाचनमा केन्द्रीत भई महिला तथा नेता कार्यकर्तालाई एमाले विजयी गराउनका लागि अनुरोध गरे। 

गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमिता, मंहगी, चरम नातवाद, कृपावाद मौलाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व आएसँगै केपी ओलीले नेपालको गुमेको भूमिसहितको चुच्चे नक्सालाई समेत बुच्चे बनाएको बताए।

एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने? भन्ने हालसम्म समेत निर्णयमा पुग्न नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad