घरेलु सहयोगीलाई दुर्व्यवहार गर्ने हङकङकी अवकाशप्राप्त शिक्षिकालाई जेल

घरेलु सहयोगीलाई दुर्व्यवहार गर्ने हङकङकी अवकाशप्राप्त शिक्षिकालाई जेल

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १०:४५, काठमाडौँ

हङकङका एक अवकाशप्राप्त शिक्षिकालाई घरेलु सहयोगीलाई दुर्व्यवहार गरेको आरोपमा जेल सजाय सुनाइएको छ।

आफ्नो हातको मसाज गर्न नमानेको भन्दै उनले घरेलु सहयोगीमाथि दुर्व्यवहार गरेकी थिइन्।

६५ वर्षीया चोउ चिङ यीलाई यसअघि नै हङकङको एक अदालतले दुर्व्यवहारको मुद्दामा दोषी ठहर गरेको थियो। उनले घरेलु सहयोगी महिलाको कपाल भुत्ल्याएर चड्कन हानेकी थिइन्। 

सोमबार हङकङ शा टिन अदालतले विदेशी घरेलु सहयोगीमाथि दुर्व्यवहारले गलत सन्देश जाने भन्दै महिलालाई साढे एक वर्षको जेल सजाय सुनाएको हो। यसअघि पनि घरेलु सहयोगी महिलालाई कुनै किसिमको दुर्व्यवहार गरेको प्रमाण भने नपाइएको अदालतले निष्कर्ष निकालेको छ। त्यसैको उनलाई थोरै सजाय सुनाइएको हो। 

२० वर्षभन्दा लामो समय शिक्षण पेशामा रहेकी चोउले यसअघि आफूले भनेको जस्तो नभएको भन्दै सहयोगीलाई गाली भने गर्ने गरेकी थिइन्। तर, गत अप्रिल १८ मा भने उनले विवादकै क्रममा सहयोगीको कपाल भुत्ल्याउँदै उनको गालामा चड्कन हानेकी थिइन्। आफूमाथि भएको दुव्र्यवहारको भिडियो बनाउन थालेपछि उनले सहयोगीको स्मार्टफोन पनि खोस्ने प्रयास गरेकी थिइन्।

चोउले आफ्ना बिरामी पतिको हेरचाहको कारण आफू डिप्रेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य नरहेको कारण आक्रोश नियन्त्रण गर्न नसक्दा घटना भएको भन्दै आफ्नो बचाउ गर्न खोजेकी थिइन्। तर, न्यायाधीशले भने विदेशी कामदार ‘दास’ नभएको भन्दै उनीहरुलाई एक कर्मचारीको रुपमा व्यवहार गर्नुपर्ने र उनीहरुको काम चित्त नबुझे कानुनी प्रक्रियामा अघि बढ्नुपर्ने भन्दै महिलालाई जेल सजाय दिने निर्णय गरेका हुन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .