राजनीति


कांग्रेसका बागीलाई मौका, कात्तिक ४ सम्म उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा

कांग्रेसका बागीलाई मौका, कात्तिक ४ सम्म उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा

नेपालखबर
असोज ३१, २०७९ सोमबार २०:१५, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय पार्ने म्याद थप गरेको छ। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति प्रकाशित गरी कात्तिक ४ गतेसम्म वक्तव्य निकालेर उम्मेदवारी फिर्ता लिने घोषणा गरे कारबाही फुकुवा गर्ने जनाएका छन्।  

प्रतिनिधि सभा/प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भइ बनेका कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति (असोज २६ गते अपरान्ह १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको थियो।

कांग्रेसले पुनः विज्ञप्ति प्रकाशित गरी असोज ३१ सम्म उम्मेदवारी फिर्ता लिए त्यस्ता उम्मेदवार।, प्रस्तावक र समर्थकलाई प्रक्रिया पुरा गरी कारबाही फुकुवा गर्ने स्पष्ट पारेको थियो।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित अब कात्तिक ४ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने कांग्रेसले दोहोर्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad