नागरिकता संशोधन विधेयक संसदमा पेश हुँदादेखि नै भारतमा प्रदर्शनहरु सुरु भएको थियो। आन्दोलनका क्रममा केही दिनयता हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये ३ जनामाथि प्रहरीले गोली हानेको थियो।
भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको थियो।
त्यहाँका मानिसहरू छिमेकी देश बाङ्ग्लादेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका हुन्। यस्तै संयुक्त राष्ट्रसंघले पनि यस विधेयकको विरोध गरेको छ।
भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको राष्ट्रसंघले बताएको थियो।
— Narendra Modi (@narendramodi) December 16, 2019I want to unequivocally assure my fellow Indians that CAA does not affect any citizen of India of any religion. No Indian has anything to worry regarding this Act. This Act is only for those who have faced years of persecution outside and have no other place to go except India.
देशभर प्रदर्शन भएपछि मोदीले सोमबार ट्वीटरमार्फत् नागरिकलाई यस कानुन कुनै धर्मविरुद्ध नभएको बताउँदै कुनै समुदाय चेपुवामा नपर्ने बताएका छन्।
सोमबार मोदीले विधेयक कानुन बनिसकेको र यो कसैको पक्ष विपक्षमा नभएको बताएका छन्।
मोदीले ढुक्क हुन आग्रह गर्दै भनेका छन्,‘यस कानुनले भारतका कुनै जनता र धर्मलाई असर गर्दैन। यस कानुनलाई लिएर कुनै जनताले चिन्ता लिनु पर्दैन। यो ती व्यक्तिहरुको हितको लागि ल्याइएको कानुन हो जोसँग भारतबाहेक अन्त जाने ठाउँ छैन।’
This is the time to maintain peace, unity and brotherhood. It is my appeal to everyone to stay away from any sort of rumour mongering and falsehoods.
— Narendra Modi (@narendramodi) December 16, 2019‘हामी गरिब, पिछडिएका, हेपिएका सबै मिलि भारतको विकासको निम्ति काम गर्नुपर्छ। हामीलाई भड्काउन खोज्ने पक्ष हामी स्वीकार गर्दैनौं।’ मोदी भन्छन्,‘यो शान्ति, एकता र भातृत्व व्यवस्थापन गर्ने समय हो। म नागरिकलाई यो अपिल गर्न चाहन्छु की हामी हल्लाको पछाडि दौडिनु हुँदैन।’ बीबीसीहिन्दी

प्रतिक्रिया