ad ad

राजनीति


प्रचण्डले मतदाता फकाउँदै भने : इतिहासको सम्मान गर्न गोरखा आएँ

प्रचण्डले मतदाता फकाउँदै भने : इतिहासको सम्मान गर्न गोरखा आएँ

गोरखामा आयोजित कार्यक्रममा प्रचण्डसहितका नेताहरु


नेपालखबर
असोज २९, २०७९ शनिबार १४:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका कयौँ स्थानबाट बोलाए पनि आफू इतिहासको सम्मान गर्न गोरखा आएको बताएका छन्।

गृहजिल्ला चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ पुगेका प्रचण्डले आफ्नो निर्णयमा मतदाताले शंकाको नजरले हेरेको भन्दै यस्तो बताएका हुन्।

'मलाई निर्वाचन लड्न रुकुम पूर्वबाट गम्भीरताका साथ डेलिगेशन आएको थियो। त्यहाँ आउन दबाब थियो। कालिकोट र रुकुम पश्चिममा आउन अनुरोध आएको थियो। सिरहा आउनु भन्ने पनि थिए', उनले भने, 'तर मैले अब जानुपर्ने गोरखा नै हो भनेर आएँ। गोरखाली जनताको भावनालाई सम्मान गर्न र इतिहासको पनि सम्मान गर्न गोरखा आएँ।'

उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले जोखिम मोलेर माओवादीसँग हात मिलाएको पनि बताए। 

'माओवादीसँग हात मिलाउने कुरा कम जोखिमपूर्ण थिएन', उनले भने, 'विदेशी शक्ति पनि माओवादीसँग गिरिजाले हात नमिलाओस् भन्ने चाहन्थे। तर अझै कति रक्तपात गर्ने भनेर शान्ति सम्झौता गरिएको हो। त्यहीकारण संघीयता र गणतन्त्र पनि आएको हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .