राजनीति


जनताको विकासको चाहना पूरा गर्न काठमाडौं २ आएकी हुँ : ओनसरी

जनताको विकासको चाहना पूरा गर्न काठमाडौं २ आएकी हुँ : ओनसरी

नेपालखबर
असोज २९, २०७९ शनिबार १२:५२, काठमाडौँ

पूर्वसभामुख ओनसरी घर्तीले जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाण्डौैं–२ बाट उम्मेदवार बनेको बताएकी छन् । 

सामाजिक सञ्जालमार्फत मतदानका लागि अपिल गरेको भिडियो क्लिप सार्वजनिक गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी घर्तीले जनताको विकासको चाहना पूरा गर्न आफूले उम्मेदवारी बताइन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्तागत विकास र देशको समृद्धि आजको आवश्यकता भएको उनको भनाइ  छ।

 ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि आजको प्रमुख आवश्यकता हो’, त्यही आवश्यकता पूरा गर्न र काठमाडौं–२ का जनताको विकासको चाहना सम्बोधन गर्न वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट हामी यहाँहरुका बीचमा आएका छौं । 

घर्तीले  काठमाडौं–२ का जनसमुदायको भावनाको पूर्ण सम्मान गर्दै उनीहरुको सुख दुःखमा सँगसँगै रहने प्रतिबद्धता भिडियोमा जनाएकी छन्। घर्तीले आफूलाई संघ तथा काठमाडौं–२ (क) मा कांग्रेस उम्मेदवार ध्रुव केसी र २ (ख) म नेकपा एकीकृत मसाजवादीका भरतप्रसाद फुयाँललाई जिताउन अपिल गरिन्।

पूर्वसभामुख घर्तीलाई सत्तारुढ गठबन्धनले काठमाडौं–२ बाट उम्मेदवार बनाएको हो सो निर्वाचन क्षेत्रमा यसअघि ०७४ मा एकीकृत समाजवादीका माधवकुमार नेपाल निर्वाचित भएका थिए।

नेपाल यसपटक रौतहट–१ बाट प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad