प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिस्पर्धाको लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ।
सो पार्टीले ढकाललाई निःशर्त समर्थन गरिएको एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
पार्टीको आधिकारिक फेसबुक पेजमार्फत सो पार्टीले भनेको छन्, ‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ। यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुइ) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ।’
207
Shares
प्रतिक्रिया